stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

छ महिनामा गौर भन्सारद्वारा १४ करोड राजस्व सङ्कलन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ ।

कार्यालयले साउनदेखि पुससम्म रु १४ करोड ६७ लाख ५५ हजार राजस्व सङ्कलन गर्न सफल भएको गौर भन्सार कार्यालयका निमित्त प्रमुख अमेन्द्र सिंहले जानकारी दिनुभयो ।

भन्सार विभागले आव २०८१/८२ का लागि रु ३५ करोड ४३ लाख ७८ हजार राजस्व सङ्कलनको लक्ष्य दिएकामा पुस मसान्तसम्ममा रु १४ करोड ६७ लाख ५५ हजार सङ्कलन गरेको उहाँले बताउनुभयो । यो साउनदेखि पुससम्मको लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख सिंहले जानकारी दिनुभयो ।

भन्सार प्रमुख सिंहका अनुसार, यो छ महिनामा सबैभन्दा बढी पुसमा रु तीन करोड ४७ लाख १४ हजार सङ्कलन भएको छ । यो महिना लक्ष्य भन्दा १७ प्रतिशत बढी रकम राजस्व सङ्कलन भयो । यस वर्ष गौर भन्सार कार्यालयले विभागले दिएको लक्ष्य भेट्टाउने किसिमले काम गरिरहेको छ ।

यसैबीच रौतहट प्रहरीले गत साउनयता रु दुई करोड ४२ लाख ७७ हजार चार सय ४३ बराबरको सीमा क्षेत्रबाट चोरी निकासीका सामान बरामद गरी गौर भन्सारमा बुझाएको रौतहट प्रहरी प्रमुख दिलीप घिमिरेले जानकारी दिनुभयो ।

सो अवधिमा अवैध सामान ओसारपसार गर्ने ६६ जना, एक सय आठवटा मोटरसाइकल, दुई थान पिकअप भ्यान, दुई थान स्कारपियो गाडी, १४ वटा साइकल र चारवटा सिटीरिक्सा बरामद गरी भन्सार कार्यालयलाई बुझाएको उहाँले जानकारी दिनुभयो ।

सोही अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु ६८ लाख २४ हजार पाँच सय राजस्व सङ्कलन गरेको उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

kumari bank
kumari
nawakantipur long