citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

बैङ्क तथा वित्तीय संस्थाको शाखा विस्तार भएसँगै वित्तीय पहुँच वृद्धि हुँदै

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ। पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाको शाखा विस्तार भएसँगै वित्तीय पहुँच वृद्धि हुँदै गएको छ । शाखा विस्तारसँगै बैङ्किङ कारोबार गर्ने जनसङ्ख्या पनि उल्लेख्य रूपमा बढेको छ ।

गत वर्ष फागुनमा बैङ्क तथा वित्तीय संस्थामा निक्षेप खाता पाँच करोड ४४ लाख र कर्जा खाता १८ लाख ७६ हजार पुगेको छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार यस अवधिमा मोबाइल बैङ्किङ प्रयोगकर्ता दुई करोड ३७ लाख ८३ हजार र इन्टरनेट बैङ्किङ सेवाका प्रयोगकर्ता १८ लाख ७४ हजार पुगेका छन् ।

चालु आर्थिक वर्षको फागुनसम्म ३१ हजार कर्जा खाता र ३२ लाख २३ हजार निक्षेप खाता थप भएका छन् ।

गत वर्ष फागुनमा बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या (लघुवित्त समेत) का आधारमा प्रतिशाखा जनसङ्ख्या २,५१५ पुगेको छ ।

यस्तो जनसङ्ख्या २०७९ फागुनमा २.५१० रहेको थियो । प्रदेशगत रूपमा प्रतिशाखा जनसङ्ख्या मधेश प्रदेशमा सबैभन्दा बढी र बागमती प्रदेशमा सबैभन्दा कम रहेको छ ।

यस अवधिमा मोबाइल बैङ्किङ प्रयोगकर्ता दुई करोड ३७ लाख ८३ हजार र इन्टरनेट बैङ्किङ सेवाका प्रयोगकर्ता १८ लाख ७४ हजार रहेका छन् ।

स्वास्थ्य बिमा चौबिस लाख नजिक

चालु आवको फागुनसम्म स्वास्थ्य बिमाको दायरामा आएको परिवार सङ्ख्या २३ लाख ९५ हजार रहेको छ भने कुल बीमित सङ्ख्या ७७ लाख २७ हजार रहेको छ । साथै ३६ लाख २१ हजार व्यक्तिले स्वास्थ्य बिमाबाट सेवा प्राप्त गरेका छन् ।

४३.१६ प्रतिशतमा बिमाको पहुँच

गत वर्षको फागुनसम्म वैदेशिक रोजगार म्यादी जीवन बिमासमेत गरी ४३.१६ प्रतिशत जनसङ्ख्यामा बिमाको पहुँच पुगेको छ । चालु आवको फागुनसम्म बिमा प्रिमियम सङ्कलन ४.४ प्रतिशत वृद्धि भई एक खर्ब २४ अर्ब ८९ करोड पुगेको छ ।

सहकारीमा झन्डै पाँच खर्ब बचत

गत फागुनसम्म सहकारी संस्था ३१ हजार ४५० र सेयर सदस्य सङ्ख्या ७३ लाख ८५ हजार ५२८ पुगेको छ । यस अवधिसम्म सहकारी क्षेत्रमा चार खर्ब ७८ अर्ब ११ करोड बचत परिचालन भई चार खर्ब पाँच अर्ब तीन करोड कर्जा प्रवाह भएको छ ।

२१.३ प्रतिशतसँग डिम्याट खाता

गत वर्षको फागुन मसान्तसम्म डिम्याट (हितग्राही खाता) खाता लिने नागरिकको सङ्ख्या कुल जनसङ्ख्याको २१.३ प्रतिशत पुगेको छ । फागुन मसान्तसम्म डिम्याट खाता ६२ लाख २४ हजार नेपालीमा पुगेको छ ।

पछिल्लो समय नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उत्साहजनक रूपमा बढेको छ । २०७९ असारसम्म ५३ लाख ४६ हजार डिम्याट खाता रहेको थियो ।

गत असार मसान्तसम्म करिब ८.९ प्रतिशतले बढेर ५८ लाख २३ हजार रुपियाँ पुगेको छ । २०८० असार मसान्तसम्म करिब ४८ लाख २६ हजार रहेको मेरो सेयर खाताको सङ्ख्या ५२ लाख ६४ हजार पुगेको छ । यो कुल जनसङ्ख्याको १८.०३ प्रतिशत हो ।

फागुन मसान्तसम्म सबैभन्दा बढी लगानीकर्ता बागमतीमा ३७.२२ र सबैभन्दा कम कर्णालीमा २.४३ प्रतिशतमा डिम्याट खाता रहेको छ ।

कर्णाली प्रदेशमा एक लाख ५१ हजारमा डिम्याट खाता रहेको छ भने बागमतीमा २३ लाख १२ हजारमा डिम्याट खाता रहेको छ ।

दोस्रो बजारमा कारोबार घट्यो

सर्वेक्षणका अनुसार दोस्रो बजारमा कमी आएको छ । नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढ्दै गएको छ । साथै, प्राथमिक बजारमार्फत भएको पुँजी परिचालनमा समेत बढोत्तरी हुँदै गएको छ ।

आर्थिक क्रियाकलापमा आएको सङ्कुचनका कारण धितोपत्रको दोस्रो बजार कारोबारमा केही कमी आएको छ ।

चालु आवको फागुनसम्म धितोपत्रको प्राथमिक बजारमार्फत ३३ अर्ब ८३ करोड रुपियाँ रकम बराबरको पुँजी परिचालन भएको मन्त्रालयले जनाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २२.५१ प्रतिशतले कमी आएको छ ।

गत आवको सोही अवधिमा ४३ अर्ब ६६ करोड रकम बराबरको पुँजी परिचालन भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

करिब दस अर्बको आइपिओ जारी

चालु आवको फागुनसम्म साधारण सेयरको प्राथमिक निष्कासन ९आइपिओ० नौ अर्ब ८० करोडको जारी भएको छ । हकप्रद सेयर निष्कासन मार्फत पाँच अर्ब ४५ करोड, थप निष्कासन मार्फत तीन करोड, ऋणपत्र मार्फत १५ अर्ब चार करोड र म्युचुअल फन्ड मार्फत तीन अर्ब ५० करोडको पुँजी परिचालन भएको सर्वेक्षणमा उल्लेख छ ।

सूचीकृत कम्पनी २७१ पुग्यो

२०७९ फागुनसम्म सूचीकृत कम्पनीको सङ्ख्या २४५ रहेकोमा २०८० फागुनसम्म कम्पनी मर्जर तथा प्राप्तिपश्चात् नेप्सेमा सूचीकृत कम्पनीको सङ्ख्या २७१ पुगेको छ ।

चालु आवको फागुनसम्म दोस्रो बजार कारोबारका लागि थप २३ कम्पनी (चार बिमा, एक लगानी, १२ जलविद्युत्, दुई उत्पादन तथा प्रशोधन र चार अन्य समूहको कम्पनी) नेप्सेमा सूचीकृत भएका छन् ।

२०८० फागुनसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत सेयरको चुक्ता मूल्य आठ खर्ब १४ अर्ब ६४ करोड पुगेको छ । २०७९ फागुनसम्म यस्तो मूल्य सात खर्ब एक अर्ब ९८ करोड रहेको थियो ।

gold
kumari bank