stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

लुम्बिनी विकास बैंकको एकै साथ थप नयाँ दुई शाखा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहनु भएका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने उद्घेश्यले  २०७९ बैशाख २१ गते देखि थप दुई शाखाहरुको उद्घाटन गरेको छ ।

नयाँ खोलिएका शाखाहरुमा ८० औँ शाखाको रुपमा काठमाडौंको  कलंकी शाखा र ८१ औँ शाखाको रुपमा  बिदुरको  स्थित बट्टार शाखा रहेका छन् ।

यस बिकास बैंकको कलंकी शाखाको उद्घाटन बिकास बैंकका सञ्चालक समितिका अध्यक्ष  दशरथ रिसालले गर्नु भयो भने बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई  र नुवाकोट उद्मोग वाणिज्य सघंका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रुपमा गर्नु भयो ।

आज खोलिएको दुई शाखा सहित यस बिकास बैंकले देशको ७ वटै प्रदेशमा ८१ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा कपिलवस्तुको चन्द्रौटा,बर्दियाको ताराताल,कैलालीको लम्की र मसुरिया एवं कंचनपुरको बाणी समेत गरी थप ५ शाखा खोल्नको लागी तयारी गरेको छ ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

 

prabhu mahalaxmi
kumari