sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक को मर्जरको समय थप पत्र राष्ट्र बैंकमा

Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं ।नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक लि. को मर्जर प्रकृया सम्बन्धि पत्र नेपाल राष्ट्र बैंक पुगेको स्रोतले बताएको छ । दुबै बैंकले राष्ट्र बैंकले उपलब्ध गराएको ६ महिनाको समयसीमा गुजारे पनि पुन राष्ट्र बैंकमा समय थपको पत्र पठाएका छन् ।

हिमालयन र इन्भेष्टमेण्ट बैंकले मर्जका लागि थप समय आवश्यक भएकोभन्दै राष्ट्र बैंकमा पत्र आइपुगेको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालले बताएका छन् ।

आपसमा मर्जरको प्रारम्भिक सहमति गरी राष्ट्र बैंक पुगेका यी दुबै बैंकले गत २०७८ जेठ २० गते मर्जरको सैद्धान्तिक स्वीकृति पाइसकेका थिए ।

मर्जर नीति अनुसार राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृत दिएको ३ महिनाभित्रै एकीकृत कारोबारका लागि अन्तिम स्वीकृत लिनुपर्ने हुन्छ । तर कोरोनाका कारण आएको विषम परिस्थिति, लगडाउनको अवस्था, विविध कठिनाईका कारण मर्जर हुन नसकेपछि दुबै बैंकहरुले समय थप माग गरेका छन् ।

यसमा राष्ट्र बैंक सकारात्मक नै देखिएको छ। यधपी राष्ट्र बैंकले पत्रमा लेखिएको व्यहोरा हेरेर निर्णय गर्ने प्रवक्ता ढकालले बताएका छन । उनले भने, ‘राष्ट्र बैंकले दिएको समयसीमामा उनीहरुले मर्जर गर्न नसक्नाको कारण के रहेछ हेरेर राष्ट्र बैंकले थप समय कति दिने भन्ने निर्णय गर्छ ।’

यता मर्जरमा दुबैं बैंकबाट समस्या सिर्जना गरिएको खबर समेत बाहिर आइरहेको छ । यहि बेलामा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो साधारण सभा समेत सम्पन्न गरेको छ ।

उता हिमालयन बैंकले भने आफ्नो सञ्चालक समितिमा मर्जरका लागि प्रष्ट धारणा बनाउन नसकेका कारणले मर्जर हुने वा नहुने अझै प्रष्ट नभएको हिमालयन बैंकका एक बोर्ड सदस्यले बताएका छन्।

उनले भने, ‘६ महिना पहिला नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरका लागि सबै जनाले सहमति गरेर सम्झौता गरेका थियौं तर, फेरि दुबै बैंकमा माथिल्लो तहमा बसेका पदाधिकारीहरुले नै मर्जरमा इच्छा नदेखाएको जस्तो देखियो ।

तर, राष्ट्र बैंकले दिएको समयसीमा सकिएकाले केहि समय माग गरेर दुबै बैंकमा उच्च पदमा बसेकाहरुलाई सम्झाउन सकिन्छ कि भनेर समय थप्नका लागि राष्ट्र बैंकलाई पत्र लेख्ने निर्णय गरिएको छ।’

prabhu bank
nawakantipur long