citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

राष्ट्र बैंकले पहिलो चौमासमा नै पठायो १० खर्ब तरलता बजारमा

बैंक तथा वित्तीय संस्थाहरुमा तरताको चाप परेपछि समस्या समाधानका लागि राष्ट्र बैंकले नियमित रुपमा विभिन्न उपकरणबाट तरलता पठाएको हो ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा तरलता पठाएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासमा नै करीब एक हजार ८ अर्ब रुपैयाँ हाराहारीमा तरलता पठाएको हो । बैंक तथा वित्तीय संस्थाहरुमा तरताको चाप परेपछि समस्या समाधानका लागि राष्ट्र बैंकले नियमित रुपमा विभिन्न उपकरणबाट तरलता पठाएको हो ।

बजारलाई चलायमान बनाइराख्न बैंकले तरलता नियमति रुपमा पठाउने बताइएको छ । बजारमा अधिक तरलता हुँदा राष्ट्र बैंकले खिच्ने गरेको छ भने अभाव हुँदा बजारमा पठाउने गरेको छ ।

साउनदेखि असोज महीनासम्म रिपोमार्फत् मात्रै एक खर्ब ८५ अर्ब ५० करोड रुपैयाँ तरलता प्रवाह गरिएको राष्ट्र बैंकको अनुसन्धान विभागले जनाएको छ । यस अवधिमा राष्ट्र बैंकले स्थायी तरलता सुविधामार्फत् ८ खर्ब २२ अर्ब ६८ करोड गरी १० खर्ब ८ अर्ब १७ करोड तरलता प्रवाह गरिएको राष्ट्र बैंकले बताएको छ ।

यति ठूलो रकम तरलता प्रवाह गर्दा बैंकमा जम्मा ६० अर्ब रुपैयाँमात्र तरलता खिचेको छ । यस अवधिमा निक्षेप संकलन उपकरणमार्फत् ३१ अर्ब ६५ करोड रुपैयाँ र रिभर्स रिपोमार्फत् २८ अर्ब ३५ करोड रुपैयाँ गरी ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ ।

अघिल्लो वर्षको पहिलो तीन महिनामा पनि राष्ट्र बैंकले रिभर्स रिपो मार्फत् ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो । अझै बजारमा तरलता समस्या समाधान भने भइसकेको छैन । बैंकहरुको निक्षेप संकलन घट्दा पनि ऋण लगानी गर्न छाडेका छैनन् । बैंकहरू अल्पकालिन श्रोतमा भर पर्दा तरलता समस्या गहिरिएको बताइएको छ ।

himalayan life insurance
igi long