stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महालक्ष्मी विकास बैंक लि. र होटल शम्बला प्रा. लि बिच सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाको साथसाथै थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकको महाराजगंज शाखाको अगुवाईमा होटल शम्बला प्रा. लि.सँग २०७८ श्रावण २७ गते सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले होटलका विभिन्न सेवा शुल्कहरुमा छुट पाउने छन् ।
सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले Food & Beverage मा अधिकतम १५% सम्मको छुट प्राप्त गर्नुका साथै Spa सेवामा १०% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौता पत्रमा होटलका तर्फबाट सञ्चालन प्रबन्धक  रबिन मानन्धरले र बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख  पल्लभ श्रेष्ठ ज्यूले हस्ताक्षर गर्नु भएको हो ।

देशका १०३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म DIGITAL BANKING मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न हार्दिक अपिल पनि गरेको छ ।

 

prabhu mahalaxmi
kumari