macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

बैंकहरुमा निक्षेप बढ्यो, तर वृद्धिदर गत बर्षको भन्दा कम

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । बैंकिङ क्षेत्रको निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा बैंकिङ क्षेत्रको निक्षेपमा छ दशमलव दुई प्रतिशतले बढेर ३५ खर्ब ६० अर्ब ५४ करोड ३० लाख रुपियाँ पुगेको छ ।

सो अवधिमा २७ वटा वाणिज्य बैंकहरुले ३० खर्ब ६२ अर्ब २१ करोड ३० लाख, २४ वटा विकास बैंकहरुले चार खर्ब १६ अर्ब आठ करोड ६० लाख र २२ वटा फाइनान्स कम्पनीहरुले ८२ अर्ब २४ करोड ४० लाख रुपियाँ समेत गरी उक्त परिमाणमा निक्षेप संकलन भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप सात दशमलव सात प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार अघिल्लो आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको यस्तो निक्षेप ३० खर्ब ६६ अर्ब एक करोड ७६ लाख १० हजार रुपियाँ रहेको थियो ।

उक्त अवधिमा २८ वटा वाणिज्य बैंकहरुले २६ खर्ब ५६ अर्ब ९३ करोड ६५ लाख ३० हजार, ३३ वटा विकास बैंकहरुले तीन खर्ब ४१ अर्ब ५० करोड ६२ लाख २० हजार र २४ वटा फाइनान्स कम्पनीहरुले ६७ अर्ब ५७ करोड ४८ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरेका थिए । वार्षिक विन्दुगत आधारमा २०७६ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १६ दशमलव तीन प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार २०७६ पुस मसान्तमा चल्ती, बचत र मुद्दतीको कुल निक्षेपमा क्रमशः आठ दशमलव पाँच प्रतिशत, ३१ दशमलव एक प्रतिशत र ४९ दशमलव दुुई प्रतिशत अंश रहेको छ ।अधिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः आठ दशमलव छ प्रतिशत, ३३ दशमलव तीन प्रतिशत र ४७ दशमलव नौ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार २०७६ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५ दशमलव एक प्रतिशत रहेको छ । २०७५ पुस मसान्तमा पनि यस्तो निक्षेपको अंश ४५ दशमलव एक प्रतिशत नै रहेको थियो । यसैगरी चालू आवको पछिल्लो छ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा आठ दशमलव प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १२ दशमलव सात प्रतिशतले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०७६ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १५ दशमलव एक प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको २०७६ पुस मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६४ दशमलव नौ प्रतिशत घरजग्गाको धितोमा र १३ दशमलव पाँच प्रतिशत चालु सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । आजको आर्थिक दैनिकबाट ।

१४ फागुन २०७६, बुधवार ०९:२० बजे प्रकाशित

NTA long ad