stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल बैंक र ताजा बेकरी उद्योगबीच सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैंक र ताजा बेकरी उद्योगबीच सम्झौता भएको छ । नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई ताजा बेकरी उद्योगद्वारा उत्पादित बिभिन्न बेकरी वस्तु खरिद गर्दा लाग्ने शुल्कमा छुट दिन सम्झौता भएको हो ।

काठमाडौंको चावहिल, मुलपानी, पुतलीसडक, गल्कोपाखा, क्षेत्रपाटी, लगनटोल र सितापाइलामा अवस्थित ताजा बेकरीमा नेपाल बैंकको मोबाइल बैंकिङ एपबाट रकम भूक्तानी गर्दा न्यूनतम ५०० को खरिदमा बिल रकममा १० देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बजारीकण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र ताजा बेकरी उद्योगको तर्फबाट प्रबन्ध निर्देशक राम कुमार श्रेष्ठले हस्ताक्षर गरे ।

prabhu mahalaxmi
kumari