लुम्बिनी विकास बैंकको करिब सवा १ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंकको करिब सवा १ लाख कित्ता शेयर बिक्रीमा राखिएको हो। बैंकको संस्थापक समूहको १ लाख २० हजार ९० कित्ता शेयर बिक्रीमा राखिएको हो।
यो शेयरमा हाललाई इच्छुक योग्य जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन १५ दिनभित्र पेस गरिसक्नुपर्नेछ। निवेदन काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा पेस गर्न सकिनेछ।




























