एनआईसी एसिया बैंकको अनलाइन पोर्टल सार्वजनिक
Compressed by jpeg-recompress
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति र धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीको जानकारी प्राप्त गर्नका लागि एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ।
बैंकको यस पहलले लिलाम बिक्री प्रक्रियामा पारदर्शिता र सजिलो पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको छ।
बैंकका अनुसार, ग्राहकहरूले पोर्टल मार्फत सवारी साधन लगायतका लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको विस्तृत विवरण, फोटो, नक्सा, र स्थान (गुगल म्याप) सहितका जानकारीहरू प्राप्त गर्न सक्नेछन्।
लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको बारेमा थप जानकारी चाहिने ग्राहकहरूले पोर्टलमा उपलब्ध म्यासेज बक्समा सम्पर्क विवरण राखेर सोधपुछ गर्न सक्नेछन्।
बैंकका अनुसार यस पोर्टलमार्फत नियमित रूपमा लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूका बारेमा जानकारी अपडेट गरिनेछ।
यसका साथै, ग्राहकहरूले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको क्युआर कोड स्क्यान गरेर पोर्टलमा पहुँच प्राप्त गर्न सक्नेछन्।
एनआईसी एशिया बैंकले यस अनलाइन पोर्टललाई सुरु गरेर लिलाम बिक्री प्रक्रिया थप सुलभ र पारदर्शी बनाउने आशा गरेको छ।























