stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बरुण इन्भेष्टमेन्टले १५ लाख कित्ता आइपीओ निष्कासन गर्ने

ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सर्वसाधारणलाई आइपीओ निष्कासन गर्नका बरुण इन्भेष्टमेन्ट लिमिटेडले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नियुक्ति सम्बन्धी सम्झौतापत्रमा बरुण इन्भेष्टमेन्टको तर्फबाट अध्यक्ष शिव प्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका छन् ।

बरुणले कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष र सर्वसाधारणलाई गरी कुल १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागको हो ।

उर्जा क्षेत्रमा लगानी गर्ने बरुण इन्भेष्टमेन्टको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ ।

संस्थापक समूहको ७७ प्रतिशत सेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक शेयरधनीहरुबाट ४० करोड बराबरको सेयर पुँजी चुक्ता भइसकेको छ ।

वि.सं. २०७७ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भएको यस कम्पनीको ललितपुर जिल्लाको भनिमण्डल–४ मा रजिष्टर्ड कार्यालय रहेको छ । कम्पनीमा एसजी गु्रप मुख्य लगानीकर्ताको रुपमा रहेको छ ।

बरुण इन्भेष्टमेन्ट बझाङ्ग स्थित १५.३३ मेगावाटको कलंगा हाइड्रो लिमिटड, ३८.४७ मेगावाटको सानीगाड हाइड्रो र १०.७० मेगावाटको बुङगल हाइड्रो गरी ३ वटा हाइड्रोपावर कम्पनीमा कुल ६४.४९ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी मुख्य लगानीकर्ता कम्पनीको रुपमा रहेको कम्पनीले जानकारी गराएको छ ।

हालै बरुण इन्भेष्टमेन्टले संखुवा खोलामा हाइड्रो प्रवद्र्धन र गुराँस हाइड्रो प्रा.लि. (४१.०६ मेगावाट) मा पनि लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

बरुण इन्भेष्टमेन्टले भविष्यमा अरु थप हाइड्रोपावर तथा होटेल, कृषि लगायतका क्षेत्रमा पनि लगानी गर्ने तयारी गरेको एसजी गु्रपका अध्यक्ष तथा कम्पनीका संस्थापक अध्यक्ष शिव प्रसाद घिमिरे बताउँछन् ।

बरुण इन्भेष्टमेन्टले मुख्य लगानिकर्ताका रुपमा रहेको एसजी गु्रपको एलपी ग्यास बोटलिँ, पेट्रोलियम पदार्थ वितरण, अटोमोबाईल, चिया प्रशोधन, निर्माण व्यवसाय, बैकिङ लगायत विभिन्न क्षेत्रमा लगानी रहेको छ ।

prabhu mahalaxmi
kumari