stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिक्लेस हाइड्रोपावरको आइपीओमा ९.५६ गुणा बढी आवेदन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आइपीओमा १ अर्ब १ करोड २१ लाख ९४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार आज (भदौ ३१ गते) बिहानसम्ममा ८ लाख ९० हजार ८५८ जनाले १ करोड १ लाख २१ हजार ९४० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ९।५६ गुणा बढी आवेदन हो ।

कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो ।

यसमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गरेको छ ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले सिक्लेस हाइड्रोपावरलाई ‘केयर एनपी रेटिङडबल बी प्लस’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । केयर नेपालले २०७८  असोज  २० गते रेटिङ  दिएको थियो । यो रेटिङ आगामी असोज १९ गतेसम्म बाहल रहनेछ ।

prabhu mahalaxmi
kumari