stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विद्युत विकासमा निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक छ : अध्यक्ष सिंह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले विद्युत विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको धारणा राखेका छन् ।

बिहीबार माथिल्लो तमोर जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री दर निर्धारण सम्बन्धमा सरोकारवालाहरुबाट सुझावका लागि आयोजित कार्यक्रममा उनले उनले नेपाल विद्युत प्राधिकरणले मात्रै आयोजना निर्माण नगरी निजी क्षेत्रलाई पनि सक्रिय रुपमा सहभागी गराउनु पर्ने बताउँदै निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे ।

उनले छोटो अवधिमा पनि आयोगले धेरै काम गरेको बताए । उनले जनशक्तिको अभावका बिचपनि आयोगले महत्वपूर्ण काम गरेको जानकारी दिए । उनले आयोगले नियमनभन्दा पनि सकेसम्म सहजीकरणको काम गरिरहेको धारणा राखे ।

उनले विद्युत महसुल दुइपटक निर्धारण भइसकेको बताउँदै विद्युत खरिदबिक्री दर निर्धारण गर्ने काम पनि सक्रिय रुपमा काम गरिरहेको धारणा राखे ।

यस्तै, कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब पिकिङ रन अफ दि रिभर आयोजा निर्माणमा ध्यान दिनु पर्ने बताए ।

उनले अहिले अधिकांश आयोजना रन अफ दि रिभरमा आधारित भएर निर्माण भएको बताउँदै मािथल्लो तमोरले पनि बिद्युत विकासमा महतवपूर्ण योगदान गर्ने बताए ।

यस्तै, उनले १०० मेगावाटभन्दा बढीको खरिदबिक्री दर निर्धारण विद्युत नियमन आयोगले गर्दै आएको बताउँदै ती आयोजनाहरुको आरओआर १७ प्रतिशतभन्दा बढी हुन नपाइने नीतिगत व्यवस्था रहेको धारणा राखे ।

यस्तै, उनले माथिल्लो तमोर अबको ६ वर्षभित्र निर्माण हुनेमा आफु विश्वस्त रहेको पनि धारणा राखे ।

prabhu mahalaxmi
kumari