stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साउनमा २२ अर्ब २६ करोड खर्च

साउन महिनामा संघीय सरकारको कुल राजस्व ७९ अर्ब ७२ करोड रुपैयाँ परिचालन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा २२ अर्ब २६ करोड रुपैयाँ खर्च गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा सरकारले चालुतर्फ ५ अर्ब ६६ करोड रुपैयाँ, पुँजीगततर्फ १ अर्ब ४८ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत १५ अर्ब १२ करोड रुपैयाँ खर्च गरेको छ ।

साउन महिनामा संघीय सरकारको कुल राजस्व ७९ अर्ब ७२ करोड रुपैयाँ परिचालन भएको छ । यसमध्ये कर राजस्व तर्फ ७० अर्ब ६४ करोड रुपैयाँ र गैर कर राजस्व तर्फ ९ अर्ब ८ करोड परिचालन भएको छ ।

२०७९ साउन मसान्तमा सरकारका विभिन्न खातामा २ खर्ब ९४ अर्ब २५ करोड नगद मौज्दात रहेको राष्ट्र बैंकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । २०७९ असार मसान्तमा यस्तो मौज्दात २ खर्ब २७ अर्ब ६९ करोड रहेको थियो ।

prabhu mahalaxmi
kumari