stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनआरएनए अमेरिकाले लबिङ गर्ने जिम्मेवारी लामा र डा. पौडेललाई दियो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले विदेशमा बस्ने नेपालीका बारेमा नेपाल सरकारसँग दोहोरो नागरिकता र लबिङ गर्ने जिम्मा सोनाम लामा र डा.केशव पौडैललाई दिएको छ ।

फ्लोरिडाको ओर्लाण्डोमा गत शनिवार सम्पन्न हाइब्रिड बैठकले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीका उपाध्यक्ष समेत रहेका लामालाई दोहोरो नागरिकताका बारेमा र डा. पौडेललाई दोहोरो करका बारेमा नेपाल सरकारसँग लबिङ गर्ने जिम्मा दिने निर्णय गरेको थियो ।

यसैगरि एनआरएनए अमेरिकाका महासचिव अन्जन चौलागाइले जानकारी दिए अनुसार बैठकले नेपालमा दोहोरो कर फुकुवा सम्वन्धमा लबिङ गर्न डा। केशव पौडैललाई जिम्मेवारी दिने निर्णय गरेको छ । डा।पौडेल एनआरएनए आइसीसीको आगामी अधिवेशनमा महासचिवका उमेदवार पनि रहेका छन् । दोहोरो नागरिकता र दोहोरो कर सम्वन्धी एजेण्डा आइसीसीकै मुख्य एजेण्डा रहदै आएको छ ।

एनआरएनए अमेरिकाले अहिले प्रयोग गरिरहेको वेवसाइड र आइटी सुविधाका बारेमा बैठकमा सबै भन्दा लामो विवाद र छलफल भएको थियो । सचिव अनुप खनालले वेवसाइड र इन्टरनेट प्रविधिका अवरोधका बारेमा बैठकमा जानकारी गराएका थिए ।

वेवसाइड बनाउने संस्थाले पैसा लिए अनुसारको सुविधा नदिएको, काम गर्न अप्ठेरो भएको, सदस्यहरुलाई इमेल पठाउन असुविधा भएको, वेवसाइडमा केही अपडेट गर्न पर्दा सेवा प्रदायक ९भेण्डर० कै सहयोग लिनु पर्ने तर उनीहरु सँग सम्पर्क गर्न अप्ठेरो रहेको बताइएको छ ।

वेवसाइड साँचो लगाएर दिएको घर जस्तो भएको छ । त्यहाँ भित्र प्रवेश गर्न नै नसकिने भएको छ । केही अपडेट गर्न परे पनि भेण्डरलाई नै भन्नु पर्ने अबस्था छ,तर उनीहरु सम्पर्कमा नै नआउने गरेकोमा चिन्ता व्यक्त गर्दै यस वेवसाइडलाई नै राख्ने कि नयाँ लिने भन्ने कुराका लागि सचिवालय र आइटी समितिलाई जिम्मा दिने निर्णय भएको छ ।’ महासचिव चौलागाईले बताएका छन ।

बैठकले सन् २०२२ सम्ममा भवन खरिद गर्ने निर्णय गरेको छ । त्यसका लागि आर्थिक संकलन गर्न कोषाध्यक्ष राजिव श्रेष्ठको संयोजकत्वमा कमिटी गठन गरेको छ । यस्तै यसै बर्ष एनआरएनए प्रेसिडेण्टल कप आयोजना गर्ने निर्णय पनि भएको छ ।

विभिन्न खेल समावेस प्रतियोगिताका लागि खेलकुद विभागलाई जिम्मा दिइएको बताइएको छ । प्रेसिडेण्टल कप रुपज्योतिसँगको सहकार्यमा हुने जनाइएको छ ।

संस्थाको आगामी साधरण सभा जुलाई २३ र २४ तारिखमा गर्ने निर्णय भएको छ । महासचिव चौलागाईका अनुसार सभास्थल पछि तोक्ने सहमति भएको छ ।

यस्तै महासचिवको संयोजकत्वमा विधान मस्यौदा समिति गठन भएको छ । कानुनी सल्लाहाकार समितिमा पिताम्वर भुषाल, बासु फुलरा लगायत रहेका छन् । लेखा समितिमा केशव बरालको नेतृत्वमा समिति गठन भएको बताइएको छ ।

 

prabhu mahalaxmi
kumari