माघका लागि निक्षेपको ब्याजदर नबढाउने निर्णय
काठमाडौं । बैंकहरुले माघ महिनाको लागि पनि निक्षेपमा ब्याजदर नबढाउने भएका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले माघका लागि निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको हो । संघका कार्यकारी निर्देशक अनिल शर्माले भने, ‘पुसमा जस्तै माघमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय भएको छ ।’
ब्याजदर बढाए पनि निक्षेप नबढेकाले पुस महिनामा पनि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सबैले ब्याजदर नबढाउने निर्णय गरेका थिए ।
तथापि, बैंकहरुको आधार दर (बेस रेट) बढेका कारण कर्जाको ब्याजदर भने केही बढ्ने उनले बताए । संघका कार्यकारी निर्देशक शर्माले भने, ‘पुस मसान्तमा बैंकहरुको बेस रेट वृद्धि हुने र सोही अनुपातमा कर्जाको ब्याजदर पनि बढ्नेछ ।’
























