stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रधानमन्त्री कार्यालयमा डम्पिङ सचिवहरूको भिड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मान्छे खुशी हुने पदमात्रै भएर हो कि पदसँगै बस्ने टेबुल कुर्सी पनि चाहिने हो ? अहिले यस्तो भद्रगोल स्थिती पैदा भएको छ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ।

अघिल्लो बुधबार बसेको मन्त्रीपरिषदको बैठकले दुई जना सचिवको दरबन्दी स्वीकृती गरेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूको ठुलै भिड लागेको छ ।

यस अघि कानुन सहित ५ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा प्रशासन सेवा र प्राविधिक समूहका एक एक जना सचिवको दरबन्दी थप गरेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूको दरबन्दी ७ पुगेको छ ।

त्यहाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि भन्दै तानिएकी सचिव यामकुमारी खतिवडा र प्रदेशबाट तानिएका मधुसुदन बुर्लाकोटी समेत थपिएपछि अहिले ९ सचिवको भिड लागेको छ । यस अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिशिर कुमार ढुङ्गाना,लक्ष्मण अर्याल,रामप्रसाद थपलिया,सूर्यप्रसाद गौतम,धनराज ज्ञवाली र अतिरिक्त समूहतर्फ रमेशप्रसाद सिंहलाई राखिएका छन ।

यसमा अघिल्लो बुधबारको मन्त्रीपरिषद बैठकले प्राविधिकतर्फका एक सचिवको दरबन्दी थपेसँगै सचिव सिंहको व्यवस्थापन भएको छ । सोही बैठकले महिला बालबालिका मन्त्रालयमा कार्यरत यामकुमारी खतिवडालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा गरेको थियो ।

यस्तै सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा तानिएको छ ।

खगेन्द्र नेपाललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेसँगै अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ जना सचिवको भिड थुप्रिएको छ । बिरामी अवस्थामा रहेका खगेन्द्र नेपालका लागि प्रशासनतर्फको अर्को विशिष्ट पद सिर्जना गरिएको छ । यद्यपि नेपाल सेवा निवृत्त भएसँगै सो पद खारेज हुने बताइएको छ ।

यसरी सचिवको भीड लागेपछि न त तिनलाई कार्यालयमा बस्ने कुर्सी छ न त चिया राख्ने टेबुल कै व्यवस्था छ । प्रधानमन्त्री कार्यालयमा झ्यालै पिच्छे सचिव भएका छन। प्रधानमन्त्री कार्यालयकै एक सचिवले दुखेसो पोख्दै भने– ‘विशिष्ठ श्रेणीका पदाधिकारी भनिए पनि हालत खरिददार(नासुभन्दा तलको भयो,न सचिव पदको इज्जत समेत नरहने भयो ।’

चुस्त प्रशासन संयन्त्र बनाउनका लागि प्रधानमन्त्री कार्यालयमा तीनदेखि चार जना सचिव भए पुग्नेमा अहिले सात सचिवको दरबन्दी पुर्याइएको छ भने त्यहाँ जगेडामा तानिएका सचिवसमेत गरी ९ जना पुर्याइएसँगै प्रधानमन्त्री कार्यालयको प्रशासन संरचना झनै भद्दा बन्न पुगेको छ । गत बुधबारको क्याविनेटले लहड र सनकको भरमा २ जना सचिवको दरबन्दी थपिदिँदा सचिवको दरबन्दी संख्या ७३ जना पुगेको छ ।

 

prabhu mahalaxmi
kumari