stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चीनले चक्रपथ बनाएकोमा अमेरिकाको विरोध

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको विकास परियोजनामा विदेशीहरुको भूराजनीतिक स्वार्थ कुन हदसम्म जोडिएको छ भन्ने उदाहरणको रुपमा चक्रपथ सडक देखिएको छ ।

चीनले विआरआई परियोजना अन्तर्गत नेपालको चक्रपथ विस्तारमा सहयोग गरिरहेको छ । त्यही सहयोगको आधारमा कलंकीदेखि कोटेश्वरसम्मको चक्रपथ खण्डको विस्तार कार्य सकिएको दुई वर्ष बितिसकेको छ ।

चिनियाँ सहयोगमै चक्रपथको कलंकीदेखि महाराजगञ्ज– चावहिल धोवीखोला खण्डमा सडक विस्तार निर्माणका लागि तयारी भइरहेको छ ।

तर, चिनियाँ टोलीले फिल्ड खाली नभएको भनि काम ढिला गरिरहेको छ । यो चक्रपथ विस्तारको लागि सुरुदेखि नै विवाद भइरहेको थियो । सुरूमा स्वयम्भूको बौद्वमुर्ति भत्किने भयो भनेर बुद्व धर्मसँग सम्बन्धित संघ–संस्थाहरूले विरोध गरे,पछि कथित वातावरणविद् र शहरी योजना विद्धहरुको नाममा विरोध भइरहेको छ ।

त्यतिमात्र होइन्, धेरै एनजीओकर्मीहरु पनि सहभागी हुने गरेका थिए । कलंकी कोटेश्वर सडक खण्ड विस्तारको विरोध गर्नेहरु नै अहिले अर्को खण्डको विस्तारको विरोध गर्दैछन् । त्यसरी विरोध गर्नका लागि अमेरिकी सहयोग नियोग युएसएडको व्यानरमा विरोध भइरहेको रहस्य खुलेको छ ।

अमेरिकी सहयोग नियोग युएसएडको सहायतामा चक्रपथ विस्तार योजनाको विरोध भइरहेको पुष्टि गत २०७८ पुस २४ गते शनिवार भएको हो ।

पुस २४ गते शनिवार केही व्यक्तिहरुले सडक निर्माण पनि समावेशी हुनुपर्ने नारा सहित विरोध गरिरहेका थिए । उक्त विरोधको नारामा अमेरिकी सहयोग नियोग युएसएडको लोगो समेत अंकित थियो ।

सबैका लागि सडक भन्ने नाममा अमेरिकी परियोजनाको सहयोग र आर्थिक सहायताको नाममा चक्रपथ विस्तारको विरोध भएको खुल्न आएपछि एनजीओकर्मीले पहिला किन विरोध गरेका रहेछन् भन्ने पनि पुष्टि भएको छ ।

नेपालका ठूला परियोजनाको स्थायी प्रतिपक्षी जस्तो एनजीओकर्मीहरु देखिएका हुन्छन् । वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विरोध गर्नेहरु पनि यिनै एनजीओकर्मीहरु हुन्, जो अहिले चक्रपथ विस्तारको विरोध गरिरहेका छन् ।

यसरी एक देशको अनुदान सहायतामा बन्न थालेको सडकमा अर्को देशको सहयोगमा विरोध गर्नुले नेपालमा भूराजनीतिक रणनीतिका लागि प्रशस्त लगानी हुन थालेको संकेतको रुपमा पनि बुझ्न सकिन्छ । यसले अमेरिकी सहायता रहने एमसीसीप्रति उठेको प्रश्नलाई थप पुष्टि गर्ने वातावरण देखिन थालेको छ ।

 

prabhu mahalaxmi
kumari