कांग्रेसमा ठेकेदारदेखि गुण्डा नाइकेसम्मले खुला ३५ सदस्यमा चुनाव जिते
काठमाडौं । नेपाली कांग्रेसको खुला ३५ केन्द्रीय सदस्यमा ठेकेदारदेखि गुण्डा नाइकेसम्म विजयी भएका छन् । आज : पुस ४ गते आइतबार साँझ सम्पन्न खुला केन्द्रीय सदस्यको मतगणनामा सभापति शेरबहादुर देउवापक्षको वर्चश्व रहेको छ ।
३५ जना चयन गर्नका लागि भएको मतगणनामा ९९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । त्यसमध्ये ९ जना मात्र डा।शेखर कोइराला पक्षकाले जितेका छन् बाँकी २६ जना देउवा पक्षका छन। यसैगरि १८ जना पुराना अनुहार र १७ जना नयाँ युवा अनुहारले चुनाव जितेका छन।
३५ जनामा देउवापक्षबाट निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेको ठेकेदार जीपछिरिङ लामा निर्वाचित भएका छन् भने काभ्रेका गुन्डा नाइके ठेकेदार गणेश लामा निर्वाचित भएका छन् ।
लामा उपसभापति हारेका विजयकुमार गच्छदार निकट हुन् । गच्छदार भने उपसभापतिमा दुई मतले पराजित भएका थिए । कांग्रेसका बौद्विक व्याक्तित्व त्रिभुवन विश्व विद्यालयका पुर्व उपकुलपति प्रा।डा तीर्थराज खनियाँ, कांग्रेस संस्थापक सुन्दरराज चालिसेका छोरा परराष्ट्रविद डा. सुरेशचन्द्र चालिसे, नेविसंघ नेता मनोजमणी आचार्य, केदार कार्की, शंकर तिवारी, यज्ञ बहादुर थापा,हस्त बहादुर मल्ल लगायतका वौद्धिक नेता केन्द्रीय सदस्यमा पराजित हुँदा गुण्डा डन गणेश लामा विजयी भएका छन् ।

























