stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीलाई ओभरटाइम अनिवार्य

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अतिरिक्त समय काममा लगाउँदा अतिरिक्त भुक्तानी दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले नयाँ निर्देशन जारी गर्दै कर्मचारी हित संरक्षणका लागि नयाँ र प्रावधान लागु गरेको हो ।

लामो समयदेखि बैङ्किङ क्षेत्रमा उठ्दै आएको अतिरिक्त समय काम र पारिश्रमिक नपाउने गुनासोलाई सम्बोधन गर्दै राष्ट्र बैङ्कले कर्मचारी हितका लागि स्पष्ट तीन प्रमुख व्यवस्था लागु गरेको छ ।

बैङ्क तथा वित्तीय संस्थाले कर्मचारीलाई प्रचलित श्रम कानुन र राष्ट्र बैङ्कको निर्देशन अनुसार मात्र काममा खटाउन पाउने भएका छन् । नियमविपरीत काम लगाउन पूर्ण रूपमा निषेध गरिएको छ ।

नियमित कार्यालय समयभन्दा अतिरिक्त समय काम गराइएमा श्रम ऐन÷नियमावली अनुसार अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक वा सेवा सुविधा उपलब्ध गराउनुपर्ने छ । कुनै पनि कर्मचारीलाई अतिरिक्त समय काम गर्न बाध्य पार्न वा मानसिक दबाब दिन नपाइने स्पष्ट व्यवस्था गरिएको छ ।

साथै त्यस्ता संस्थाले अपाङ्गतामैत्री सेवा विस्तार गर्दै विशेष काउन्टर, ब्रेल एटिएम र डिजिटल पहुँच सुधार अनिवार्य गर्नुपर्ने छ । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै अपाङ्गतामैत्री बैङ्किङ सेवा विस्तार गर्नुपर्ने निर्देशन तत्काल कार्यान्वयन हुने जनाइएको छ ।

नयाँ व्यवस्थाले वित्तीय सेवामा पहुँच विस्तार गर्दै समाजका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षरता कमजोर भएका सेवाग्राहीलाई प्राथमिकतामा राख्ने स्पष्ट नीति अघि सारेको छ साथै बैङ्किङ क्षेत्रमा लामो समयदेखि उठ्दै आएको कर्मचारी श्रम अधिकारसम्बन्धी मुद्दालाई पनि सम्बोधन गरिएको छ ।

संशोधित निर्देशन अनुसार बैङ्क तथा वित्तीय संस्थाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षरता नपुगेका सेवाग्राहीलाई सहज सेवा दिन छुट्टै विशेष काउन्टर स्थापना गर्न‘पर्ने भएको छ । यस्तो काउन्टरबाट सेवा लिन प्राथमिकता दिने व्यवस्था अनिवार्य गरिएको छ ।

यस्तै इजाजतपत्रप्राप्त संस्थाहरूले आपसमा सहकार्य गरी देशका प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्गतामैत्री बनाउनुपर्ने भएको छ । त्यस्ता शाखाको विस्तृत विवरण बैङ्कको आधिकारिक वेबसाइटमा सार्वजनिक गर्न‘पर्ने निर्देशनमा उल्लेख छ ।

बैङ्कहरूले सञ्चालन गर्ने एटिएम लाउन्जमा दृष्टिविहीन तथा श्रवण अपाङ्गता भएका ग्राहकका लागि ब्रेल सङ्केत, अडियो सपोर्ट र विशेष कन्ट्रोल बटनसहितको कम्तीमा एउटा अपाङ्गतामैत्री एटिएम अनिवार्य रूपमा राख्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ तथा एटिएम सेवा प्रयोग गर्न सक्षम भएको अपाङ्गता भएका सेवाग्राहीले स्वघोषणा गरेमा बैङ्कले सेवा दिन अस्वीकार गर्न नपाउने व्यवस्था गरिएको छ ।

prabhu mahalaxmi
kumari