२८ बैशाख २०७८, मंगलवार

दिव्यश्वरी हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक

आर्थिक सञ्जाल
२१ बैशाख २०७८, मंगलवार ०९:५४

काठमाडौं ।  दिव्यश्वरी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा दिव्यश्वरी हाइड्रोपावर १ करोड ८० लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी ३ करोड १६ लाख रुपैयाँ नोक्सानमा थियो । यता, चैत मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ८.११% ले घटेर ५ करोड २८ लाख रुपैयाँमा झरेको छ

गतवर्ष यस कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ५ करोड ७५ लाख रुपैयाँ थियो । यसअवधिमा कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । चैत मसान्त सम्ममा जगेडा कोष १९ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ८५ पैसा नोक्सानीमा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ २६ रुपैयाँ ८६ पैसा छ ।