२८ बैशाख २०७८, मंगलवार

अपि पावर कम्पनीलाई २९% हकप्रद बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

आर्थिक सञ्जाल
२० बैशाख २०७८, सोमबार १२:४२

काठमाडौं । अपि पावरलाई २९५ हकप्रद बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले १ः०.२९ अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

यसअघि, कम्पनीले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म ५६ लाख ७० हजार कित्ता (४७%) हकप्रद सेयर बिक्री खुुला गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट फेरी हकप्रद निष्कासन गर्न लागेको हो ।