२८ बैशाख २०७८, मंगलवार

समृद्धि फाइनान्सलाई भुक्तानी सेवा प्रदायक बन्न अनुमति

आर्थिक सञ्जाल
२० बैशाख २०७८, सोमबार ०८:०३

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको उक्त कम्पनीले अबदेखि डेविट कार्ड, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग र क्यूआर कोड सेवा सञ्चालन गर्ने छ ।

सोही अवसरमा कम्पनीले ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग र डबिटकार्ड सेवा असार मसान्तसम्म निःशुल्क प्रदान गर्ने बताएको छ ।

कम्पनीले पाँच ओटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । कम्पनीले आईपीएस, कनेक्टआईपीएस, रेमिट्यान्स, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालन गर्दै आएको छ ।

निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको उक्त कम्पनीले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जालगायतका कर्जा प्रवाह गरिरहेको छ ।

कम्पनीले भविष्यमा इन्टरनेट बैंकिङ्गलगायतको प्रविधमा आधारित भुक्तानी सेवा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएको छ ।