२८ बैशाख २०७८, मंगलवार

सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो नयाँ वेबसाइट, ग्राहकलाई थप सहज हुने

आर्थिक सञ्जाल
१९ बैशाख २०७८, आईतवार २०:३१

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो नयाँ आधिकारिक वेबसाइट संचालनमा ल्याएको छ । आफ्नो वेबसाइटलाई परिष्किृत र परिमार्जन गरि अझ बढी ग्राहकमैत्री बनाई आम ग्राहकलाई सजिलै डिजिटल माध्यमबाट बैंकको सेवा, सुविधा तथा सूचनाहरुको बारेमा जानकारी प्रदान गर्न र प्रयोगकर्ताहरुको सन्तुष्टि बढाउने उदेश्यले बैंकले नयाँ वेबसाइट आजैबाट संचालनमा ल्याएकोे हो ।

बआधुनिक र नविनतम प्रविधी प्रयोग गरेर बनाइएको नयाँ वेबसाइट सबै किसिमका ब्राउजरमा सहजै रुपमा मोबाइल एवं कम्प्युटरबाट कुशलतापूर्वक चलाउन मिल्ने गरि विकास गरिएको छ भने ग्राहकको कुनै पनि गुनासो तथा बिषयहरुलाई सहज ढङ्गले सम्बोधन गर्न च्याट, हेल्पडेक्स, जस्ता एप्लिकेशनहरु राखिएका छन् ।

त्यस्तै बैंकले नयाँ वेबसाइटको सुरुवातसँगै नागरिक एपसंगको सहकार्यमा बैंकको वेबसाइटबाट नागरिक एप मार्फत अनलाईन खाता खोल्न सकिने सुविधा समेत सुरुवात गरेको छ । आगामी दिनहरुमा अझ सहज विद्युतीय बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै जाने विषयमा बैंक प्रतिबद्ध रहेको छ ।