२८ बैशाख २०७८, मंगलवार

सामुदायिक लघुवित्तको १ करोड ७१ लाख रुपैयाँ नाफा कमाए

आर्थिक सञ्जाल
१९ बैशाख २०७८, आईतवार १३:२२

काठमाडौं । सामुदायिक लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा १७.१७% थोरै हो । गत वर्ष यस कम्पनीले २ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । यता, कम्पनीले खुद ब्याज आम्दानी भने २६.१९%  ले बढाएर ७ करोड ९९ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले ६ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यता, यो त्रैमाससम्म आइपुग्दा सामुदायिकको सञ्चालन नाफा भने ४०.०९% ले घटेर १ करोड ८९ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यसले ३ करोड १६ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

सञ्चालन नाफा घट्दा पनि नाफा प्रभावित भएको छ । चैत मसान्तसम आइपुग्दा सामुदायिकले ४९ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गर्दा १ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल यसको चुक्ता पुँजी १३ करोड २० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ करोड ६५ लाख रुपैयाँ छ । यसको खराब कर्जा अनुपात २।०५५ बाट बढेर ६.०८% भएको छ । कम्पनीले यो त्रैमाससम्म प्रोभिजनको लागि २ करोड ९४ लाख रुपैयाँ छुट्याएको छ । खराब कर्जा बढेकाले प्रोभिजन बढाउनुपरेको छ । यसले नाफा प्रभावित भएको हो । प्रतिसेयर आम्दानी १७ रुपैयाँ २८ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ भने १५० रुपैयाँ ३८ पैसा छ ।