२८ बैशाख २०७८, मंगलवार

प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

आर्थिक सञ्जाल
१९ बैशाख २०७८, आईतवार ०९:५७

काठमाडौं ।  प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ८% बोनस सेयर पछिको भाउ समायोजन गरेको हो ।

समायोजनपछिको भाउ ७७१ रुपैयाँ निर्धारण भएको छ । यहि मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । अघिल्लो दिन बिहीबारको अन्तिम कारोबार मूल्य ८३३ रुपैयाँका आधारमा भाउ समायोजन भएको हो ।
जेठ २ गते सभा बोलाएको कम्पनीले आज बैशाख १९ गतेदेखि जेठ २ गतेसम्म बुक क्लोज गर्दैछ ।

तसर्थ, वैशाख १६ गतेसम्म सेयरधनीले प्रस्तावित लाभांश र साधारण सभामा सहभागी हुन पाउनेछन् । सभा होटल इच्छा सिमरामा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट ८%बोनस सेयर र कर प्रयोजनको लागि ०.४२% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजाने छ ।