२८ बैशाख २०७८, मंगलवार

सानिमा जनरल इन्स्योरेन्सले ५ करोड ८१ लाख रुपैयाँ नाफा कमाए

आर्थिक सञ्जाल
१९ बैशाख २०७८, आईतवार ०९:५४

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सानिमा जनरल इन्स्योरेन्सले ५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १००.९५% ले धेरै हो ।

गत वर्ष यसले २ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीले खुद बिमा शुल्क पनि ९ करोड ४२ लाख रुपैयाँबाट बढाएर १३ करोड ८४ लाख रुपैयाँ पुर्याएको छ ।

चैत मसान्तसम्म आइपुग्दा इन्स्योरेन्सले बिमा कोषको आकार ९४.३४% ले बढाएर ८ करोड ५७ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीको बिमा कोषको आकार ४ करोड ४१ लाख रुपैयाँ रहेको थियो ।

हाल यसको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । जगेडा कोषमा भने ७ करोड ५९ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८० पैसा (वार्षिक) सानिमाको प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ०६ पैसा छ ।