२८ बैशाख २०७८, मंगलवार

अमेरिकी सेनाको अफगानिस्तानबाट औपचारिक फिर्ता सुरु

आर्थिक सञ्जाल
१९ बैशाख २०७८, आईतवार ०८:०१

एजेन्सी । अमेरिकाले औपचारिक रूपमा अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाउन सुरू गरेको छ । राष्ट्रपति जो बाइडेनले केही हप्ता अघि सधैंका लागि युद्धको अन्त्य गरेको घोषणाअनुरूप आफ्ना सेना फिर्ता बोलाउन थालेको अमेरिकाले जनाएको छ ।

अमेरिकी सेना र उत्तर एटालान्टिक सन्धि संगठन ९नाटो०को अफगानिस्तानमा करिब २० वर्षदेखि उपस्थिति रहेको छ ।अमेरिकाले आफ्नो सेना फिर्ता बोलाएपनि तालिवानी लडाकूको पकड रहेसम्म अफगानिस्तानको भविष्य अन्धकारमै रहने दावी गरेको छ ।

आफ्ना सेना फिर्ता बोलाउन थालेसँगै तालिवानीको सम्भावित आक्रमण रोक्न अमेरिकी सेनाले अफगानिस्तानमा हवाइ गस्तीसमेत गरेको बताइएको छ ।

अफगानिस्तानका राष्ट्रिय सुरक्षा परिषदका सल्लाहकार हमदुल्लाह मोहिबले अमेरिकी सेनाको बर्हिगमनसँगै तालिवानी लडाकूले आक्रमण थाल्ने तयारी गरेपनि त्यसको प्रतिकारका लागि सरकारी सेना तयारी अवस्थामा रहेको बताउनभएको छ ।

उहाँले २० वर्षपछि अमेरिकी सेनाको उपस्थिति शुन्य भएलगत्तै शान्ति सम्झौताको अभावमा ग्रामीण इलाकाहरूमा विद्रोहीले आफ्ना गतिविधि सक्रिय पार्ने सम्भावना रहेको पनि बताउनुभयो ।

गत शुक्रबार राजधानी बगदादको दक्षिणमा रहेको पुल–ए–अलाम शहरमा कार बम बिस्फोट हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको थियो ।

अफगान सरकारले अमेरिकी सेनाको बर्हिगमनपछि विद्रोहीलाई सरकारसँग बिना शर्त वार्तामा आउन आग्रह गरेको छ । यता तालिवानी लडाकूका प्रवक्ता जबीउल्लाह मुजाहिदले अमेरिकी सेनाको फिर्तिसँगै सार्वभौमिकता जोगाउन सरकारसँग थप संघर्ष गर्ने बताउनुभएको छ ।

उहाँले अमेरिकाले आफ्ना सेना फिर्ता बोलाउने मे १ को पूर्वप्रतिवद्धताको सीमा समाप्त भएसँगै आफूहरुले अफगना सरकारको नीतिविरुद्ध थप संघर्ष गर्ने बताउनुभयो । तर कुनै पनि निर्णय लिनुअघि उच्च नेतृत्वको निर्णयलाई आफ्ना लडाकूहरुले पालना गर्ने उहाँको भनाइ छ ।