२८ बैशाख २०७८, मंगलवार

युनाइटेड फाइनान्सले ८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाए

आर्थिक सञ्जाल
१७ बैशाख २०७८, शुक्रबार ०८:००

काठमाडौं । युनाइटेड फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा १३.९०% धेरै हो । गत वर्ष कम्पनीले ७ करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी १९.३८% ले घटेर २१ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसले २६ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको सञ्चालन नाफा भने १० करोड २३ लाख रुपैयाँबाट बढेर ११ करोड ५२ लाख रुपैयाँ पुगेको छ । हालसम्म ८ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको युनाइटेडले ५ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल यसको चुक्ता पुँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । रिजर्भ कोषमा भने ३९ करोड ३६ लाख रुपैयाँ छ । चुक्ता पुँजीलाई आधार मान्दा रिजर्भ कोष सुधार गर्नुपर्ने देखिन्छ ।

यसको खराब कर्जा १.२३% बाट बढेर ३.०१% पुगेको छ । यसको बेस रेट ९।७३५ र कर्जा निक्षेप अनुपात ६३।०१५ रहेको छ । युनाइटेडको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४६ पैसा वार्षिक र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ४९ पैसा छ ।