२८ बैशाख २०७८, मंगलवार

सिइडिबी हाइड्रोपावरको आइपीओ विक्री खुला

आर्थिक सञ्जाल
१७ बैशाख २०७८, शुक्रबार ०७:१९

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजवैशाख १७ गते शुक्रबारबाट कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले यसमध्ये २५ अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५५ ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन पाइने छ ।

सीइडीबीको यस आइपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने वैशाख ३१ गतेसम्म भर्न खुला रहनेछ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सीइडीबीको यस आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यस आइपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो ।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । आइपीओ बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर रेसियो ७०ः३० हुनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । आइपीओ बिक्रीपछि भने चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले सीइडीबी हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी ९आइएस०’ इस्यूअर रेटिङ प्रदान गरेको छ । जसले निष्काशनकर्ता कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने जनाउँछ । केयर रेटिङले २०७७ असोज २९ गते उक्त रेटिङ दिएको हो । यो रेटिङ २०७८ असोज २८ गतेसम्म कायम रहनेछ ।

लगानीकर्ताले कति कित्ताका लागि दिने आवेदन रु

सीइडीबी हाइड्रोपावरले आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै अर्थात २५ लाख १८ हजार २३० कित्तासम्म नै आवेदन दिन पाउने व्यवस्था गरेको छ । तर पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या अत्याधिक रहेको छ । अधिकांश आइपीओहरु गोलाप्रथामार्फत बाँडफाँट हुँदै आएका छन् । लगानीकर्ताले सेयर पाउन भाग्यमै भर पर्नुपरेको अवस्था छ । तसर्थ, पछिल्ला आइपीओहरुमा परेको आवेदनलाई आधार मान्ने हो भने सीइडीबीको आइपीओ पनि गोलाप्रथाबाटै बाँडफाँट हुने देखिन्छ ।

हाल आइपीओमा औसतमा १५ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिँदै आएका छन् । यसकारण लगानीकर्ताले यस आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिए पुग्ने देखिन्छ । तथापि, यसमा कति आवेदकले कति कित्ताका लागि आवेदन दिनेछन् भनेर अहिले नै अनुमान गर्नु उचित हुँदैन ।

सीइडीबीले कुल आइपीओमध्ये २३ लाख ४१ हजार ९५४ कित्ता मात्र सर्वसाधारणलाई खुला भएको छ । यसलाई न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्ने हो भने पनि जम्मा २ लाख ३४ हजार १९५ जना लगानीकर्ताले आइपीओ हात पार्ने देखिन्छ । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहने ४ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिने ४ जनालाई १–१ कित्ताका दरले थप हुनेछ । यसर्थ, ४ जना लगानीकर्ताले भने ११ कित्ता सेयर पाउने छन् ।