२८ बैशाख २०७८, मंगलवार

मंगलम उद्योगको कारखानामा आगलागी

आर्थिक सञ्जाल
१५ बैशाख २०७८, बुधबार १७:५३

काठमाडौं । नेपालको पहिलो ऋएख्ऋ पाइप र फिटिंगस् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र निर्यातकर्ता मंगलम उद्योग प्रा.लि.को सिद्धार्थ नगर कारखानामा हिजो मंगलबार बिहान भएका आगलागीे सम्बन्धी सबैलाई जानकारी गराउन चाहान्छौँ ।

बिहान १० बजे नजिकैको मैदानमा पराल जलेको कारण आगो शुरू भएको थियो र करिब ५ देखि७ करोड सम्मको उत्पादन र गोदाम शेडमा आगोले क्षति पु«¥याएको छ । थप क्षतिको अनुमान अझै हुदैँ छ ।

मंगलम उद्योग प्राइवेट लिमिटेडका प्रबन्ध निर्देशक अभिनव चुरीवालले उद्योगमा रहेका सामग्री लगायतका विभिन्न संरचनाहरू आगलागीबाट क्षतिग्रस्त भएका छन् ।

हामीले उद्योगमा उचित फायर प्रोटोकलको पालना गरे तापनि यो घटनालाई रोक्न भने सकेनौँ ं। तरफायर प्रोटोकलहरू प्रतिको हाम्रो कट्टर पालनाको कारणले क्षति केही हदसम्म कम भएको छ र दुर्घटनाको क्रममा कोही पनि घाइते भएको छैन।

आगो निभाउने उपकरणहरू प्रयोग गरेका हाम्रा कारखानाका कर्मचारीहरूको कडा परिश्रमबाट र सिद्धार्थ नगरपालिकाको फायर ब्रिगेड टीम, नेपाल पुलिस, नेपाली सेना र स्थानीय अधिकारीहरूको सहयोगबाटहामीले आगोलाई रोक्न सक्षम भर्यौं र २ घण्टा भित्र नै आगो नियन्त्रणीत भयो ।ू

सिद्धार्थ नगर कारखानाका कारखाना प्रमुख प्रदीप शुक्लाले भने, आगलागी हुँदा सबै सुरक्षा अभ्यास र आपतकालिन विधिहरू विधिवत पालना गरिएको थियो । हाम्रो नियमित अग्निसुरक्षा अभ्यासहरुका कारण हामीलाई आगो नियन्त्रण गर्न र बाँकी सुविधालाई बचाउन सक्यौँ ।