२८ बैशाख २०७८, मंगलवार

भायानेटले ल्यायो भाइबर च्याटबट

आर्थिक सञ्जाल
१२ बैशाख २०७८, आईतवार १५:१८

काठमाडौं । भायानेटले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवाहरु प्रदान गर्ने उदेश्यले भाइबर च्याटबट ल्याएको छ । भायानेटका ग्राहकहरुले अब आफ्नो माबोइलमा सजिलै भाइबरबाट भायानेट च्याटबुटसँग च्याट गरेर भायानेट सम्बन्धी आफूलाई लागेको जिज्ञाषा र समस्याको तुरुन्त जवाफ वा समाधान पाउन सक्नेछन् ।

भायानेटको कुनै पनि सेवाको बिल सम्बन्धी जिज्ञाषा र सेवामा समस्याको समाधान वा इन्टरनेट सम्बन्धी प्रश्नहरुको उत्तर आफ्नो मोबाइलबाटै भाइबर च्याटबट मार्फत् तुरुन्तै ग्राहकहरुले पाउन सक्नेछन् । भायानेट नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्र्रदायक हो ।