२८ बैशाख २०७८, मंगलवार

रियलमीले गर्यो फाइभजी विस्तारको घोषणा, ३ करोड अमेरिकी डलर खर्च गरेर उच्च प्रविधि जोड्दै

आर्थिक सञ्जाल
७ बैशाख २०७८, मंगलवार १९:१३

काठमाडौं । प्रविधिको क्षेत्रमा विश्वमा ट्रेन्ड सेटिङ मोबाइल फोनको रुपमा देखिएको रियलमीले फाइभजी विकासका लागि पछिल्लो प्रतिवद्धता घोषणा गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० स्काई लिले खुला घोषणा पत्रद्वारा फाइभजीलाई लोकप्रिय बनाउन कम्पनीले दरिलो प्रयास गरिरहेको बताए । सीईओ लीले घोषणा पत्रमा नयाँ योजनाका रुपमा फाइभजीको अपग्रेड तथा विश्वमा अधिकतम् प्रयोगकर्तालाई यस प्रविधिमा जोड्ने योजना बनाएको जानकारी दिए ।

लीका अनुसार रियलमीले आफ्नो फाइभजीले प्रक्षेपण वृद्धि गर्ने र आगामी २ वर्षभित्रपूर्ण रुपमा उच्च प्रदर्शनका साथतथा ट्रेन्डसेटिङ डिजाइन सहितका सुलभ फाइभजी उत्पादनहरुलाई ७० प्रतिशत ग्राहक माझ पु¥याइसक्ने लक्ष्य लिएको छ ।

पहिलो चरणमा भारत तथा दक्षिण एसिया र युरोपकाबजारलाई प्राथमिकतामा राखि त्यस पश्चातअन्य क्षेत्रमाआफ्नो रियलमीका फाइभजी उत्पादनको बजार व्यवस्थापन गर्ने योजना बनाएको छ ।

धेरै भन्दा धेरै प्रयोगकर्ताहरु माझ उच्च गति एवं कम विलम्वताका साथ गुणस्तरीय अनुभूतियुक्त फाइभजी प्रविधिको सेवा प्रदानगर्नु नै कम्पनीको उद्देश्य रहेको छ ।

यसैगरी रियलमीले विशेषगरी आफ्ना युवा प्रयोगकर्तालाई प्राथमिकतामा राखि विश्वभर सातवटा फाइभजी समर्पित खोज तथा अनुसन्धान समूह स्थापना गरी ९० प्रतिशत खोज तथा अनुसन्धानको स्रोतसाधन सहित थप ३ करोड अमेरिकी डलर फाइभजी प्रविधिको विकासमा खर्च गर्ने तयारी गरेको छ ।

विश्वको सातौँ ठूलो र तीव्र बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले ‘चुनौतीदेखि उन्नतिसम्म’ नाराका साथ द्रूतगतिमा फाइभजी नेटवर्कको विस्तार गरिरहेको छ ।

पहिलो पटक २०१९ जनवरीमा फाइभजी नेटवर्क सहितको ‘एक्स ५० फाइभजी’ सार्वजनिक गरे लगत्तै रियलमीले विभिन्न मूल्यका रेन्जमा फाइभजी सिरिजका स्मार्ट फोनहरु विश्वभर सार्वजनिक गर्दै आएको छ भने तिनले बजारमा एकछत्र राजगर्न पनि सफलभएका छन् ।

रियलमी अत्याधुनिक आर्टिफिसियल टेक्नोलोजीलेको क्षेत्रमा नयाँ ट्रेन्डका रुपमा उदाएको लोकप्रिय ब्राण्ड हो । जसले उच्च क्वालिटीका मोबाइल फोनहरुको उत्पादन गरिरहेको छ ।

यस कम्पनीले विश्वमा टेक्नोलोजीप्रति चाँसो राख्ने युवाहरुलाई लक्षितगरि ‘चुनौतीदेखि उन्नतिसम्म’को नाराका साथव्यापक विकास गर्दै जाने लक्ष्यलिएको छ ।

कम्पनीले आफ्ना नयाँ पछिल्ला उत्पादनहरुलाई आधुनिक टेक्नोलोजी र थपफिचर्सको प्रयोग गरी स्मार्टफोन प्रयोगकर्ताहरुसम्म पुगाउने बताएको छ ।

२०१८ मे ४ देखि यसका संस्थापक स्काई लिले रियलमीफोनको उद्योग स्थापना गरेका थिए । रियलमी २०२० मा संसारका उत्कृष्ट ५० स्मार्टफोनमध्ये ७औँ नम्बरमा परेको थियो ।

हालसम्म यसका प्रयोगकर्ता ५ करोड नाघेका छन् । कम्पनीका संसारभर चीन, भारत, दक्षिण एसिया, युरोप, रसिया, अफ्रिका लगायतका देशगरी ६० वटा ठूला बजार रहेका छन् ।