७ बैशाख २०७८, मंगलवार

महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

आर्थिक सञ्जाल
२५ चैत्र २०७७, बुधबार १७:२८

काठमाडौं । महालक्ष्मी विकास बैंकले विपन्न वर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापत हकवालालाई हस्तान्तरण गरेको छ ।

बैंकले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा उक्त बीमा कार्यक्रम संचालन गरिरहेको छ ।

बैंकको पालुङस्थित शाखा कार्यालयले म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापतको रकम छ लाख सात हजार पाँच सय रुपैयाँ हकवालालाई प्रदान गरेको हो ।

थाहा न. पा. वार्ड नं. १० का स्व। बिष्णु मगर र थाहा न. पा, वार्ड नं. १ निवासी स्व। देगु माया बलामीको मृत्यु हकदावी बीमा बापतको रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी र नायव प्रबन्ध जोनश शर्माद्धारा मृतकको निवासमा गई हस्तान्तरण गरेका थिए ।