
काठमाडौं । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजश्व छली गर्ने पर्साका प्रविन्द्र शाह गोढ विरुद्ध मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले उनलाई ५ करोड २९ लाख रुपैयाँ विगो असुल गरी जरिवाना र कैद माग दावी लिई उच्च अदालत पाटनमा मंगलबार मुद्धा दायर गरेको हो ।
अभिनास इन्टरनेशनल प्रा.लि.को सञ्चालक समेत रहेका उनले लामो समयदेखि मालवस्तु खरिद तथा आयात नगरी झुट्टा खरिद देखाई विभिन्न फर्महरुलाई बिक्री बिजक जारी गरी ती फर्महरुबाट लिएको रकमको मूल्य अभिवृद्धि कर समेत सरकारलाई नबुझाएको खुल्न आएकोले उनी विरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
एक करोड ८९ लाख रुपैयाँ, आयकर तर्फ २ करोड ९७ लाख रुपैयाँ र लाभांश करतर्फ ४३ लाख २६ हजार रुपैयाँ राजश्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ ।
उनले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी मूल्य अभिवृद्धि करतर्फ एक करोड ८९ लाख रुपैयाँ, आयकर तर्फ २ करोड ९७ लाख रुपैयाँ र लाभांश करतर्फ ४३ लाख २६ हजार रुपैयाँ राजश्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ । साथै, उनीसँगै उक्त फर्मका बैंक खाता सञ्चालक मो. जाबिर अन्सारी विरुद्ध समेत मुद्धा दायर भएको छ ।