७ बैशाख २०७८, मंगलवार

नेपाल इन्स्योरेन्स कम्पनीको चैत २७ गते शुक्रबार साधारण सभा, ८% बोनस सेयर र २% नगद लाभांश वितरण गर्ने प्रस्ताव

आर्थिक सञ्जाल
२४ चैत्र २०७७, मंगलवार १०:११

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको  चैत २७ गते वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीले ८% बोनस सेयर र २% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ ।

यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । सभामार्फत संस्थापक समूहबाट विशाल मिनरल्स एन्ड माइन्सका प्रतिनिधि विष्णु खेतान अग्रवालको सञ्चालक समितिमा नियुक्तिलाई अनुमोदन गर्नेछ ।

सभा एयरपोर्ट होटल सिनामंगल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा गर्न चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज हुने भएकाले चैत १६ गतेसम्म कायम रहेका सेयरधनी सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

नेपाल इन्स्योरेन्स कम्पनीले हाल कायम १ अर्ब १५ करोड ३ लाख १३ हजार ४८६ रुपैयाँ चुक्ता पुँजीका आधारमा लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित ८५ बोनसपछि पुँजी १ अर्ब २४ करोड २३ लाख ३८ हजार ५६५ रुपैयाँ पुग्नेछ ।