७ बैशाख २०७८, मंगलवार

प्रिमियर इन्स्योरेन्सको साधारण सभा आज

आर्थिक सञ्जाल
२३ चैत्र २०७७, सोमबार ०८:२६

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको २७ औं वार्षिक साधारण सभा आज चैत २३ गते हुने भएको छ । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले भोलि सोमबार साधारणभा गर्ने निर्णय गरेको थियो ।

उक्त सभा प्रिमियर भवन, नक्साल, काठमाडौंमा बिहान ११ बजे बस्ने कम्पनीले जनाएको छ । सभामा हाल कायम चुक्ता पूँजीको ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारिका लागि पेश गरिनेछ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि चैत ११ गतेदेखि २३ बुक क्लोज गर्ने तयारी कम्पनीको छ । चैत १० गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउनुका साथै लाभांश प्राप्त गर्न सक्ने छन् ।

सभामा लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६ /०७७ को नाफा, नोक्सान, हिसाब, वासलात तथा नगद प्रवाह विवरण पारित गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने, कम्पनीको नियमावली संशोधन गर्ने लगायतका विभिन्न प्रस्ताव रहेका छन् ।