७ बैशाख २०७८, मंगलवार

साधना लघुवित्तमा विभिन्न पद हरुमा रोजगारी अवसर

आर्थिक सञ्जाल
२२ चैत्र २०७७, आईतवार १४:३७

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरुमा कर्मचारीहरुको लागि दरखास्त आव्हान गरेको छ ।
लघुवित्तले जारी गरेको सूचना अनुसार सहायक महाप्रबन्धक एक सहित सहायक अधिकृत, सुपरभाईजर/बरिष्ठ सहायक/ सहायक, कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थी पदहरुमा केही संख्यामा कर्मचारी मागगरिएको छ ।

२०७७/१२/१९ गते वित्तीय संस्थाले प्रकाशित गरेको सूचनामा जनाए अनुसार आफ्नो योग्यता पुगेकाजो कसैले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र उक्त पदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ ।

गोरखा नगरपालिका ६ हरामटारीमा केन्द्रिय कार्यालय रही राष्ट्रिय स्तरको लघुवित्तको रुपमाकार्य सञ्चालन गर्दै आएको यस लघुवित्तले दुर्गम र ग्रामीण क्षेत्रमा लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको छ ।