७ बैशाख २०७८, मंगलवार

कालिका लघुवित्तको १०% बोनस समायोजन

आर्थिक सञ्जाल
२२ चैत्र २०७७, आईतवार ०९:००

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले १०% बोनस सेयर पछिको भाउ समायोजन गरेको हो । समायोजनपछिको भाउ १२ सय ९१ रुपैयाँ निर्धारण भएको छ ।

यहि मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । वैशाख ७ गते बस्ने वार्षिक साधारण सभा र लाभांशको लागि यसले आज चैत २२ गतेदेखि वैशाख ७ गतेसम्म बुक क्लोज गरेको छ ।

कालिका लघुवित्त वित्तीय संस्थाले वैशाख ७ गते दुई आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले दशौं र एघारौं वार्षिक साधारण सभा एकै पटक गर्न लागेको हो । सभा होटल टास्क इन्टरनेसनल प्रा.लि पोखरामा बिहान ८ बजेदेखि सुरु हुनेछ ।