७ बैशाख २०७८, मंगलवार

इटालियन सिरी ‘ए’ : युभेन्ट्स र टोरिनोबीचको खेल बराबरीमा रोकियो

आर्थिक सञ्जाल
२२ चैत्र २०७७, आईतवार ०६:४३

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स र टोरिनोले बराबरी खेलेका छन्। राति भएको खेलमा युभेन्ट्स र टोरिनोले २र२ गोलको बराबरी खेलेका हुन् । खेलको १३ औं मिनेटमा फेड्रिकोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर, खेलको २७ औं मिनेटमा एन्टोनियो सनाब्रियाले गोल गर्दै टोरिनोलाई १र१ गोलको बराबरीमा फर्काए ।

खेलको ४६ औं मिनेटमा सनाब्रियाले गोल गर्दै टोरिनोलाई २र१ गोलको अग्रता दिलाए । तर खेलको ७९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि युभेन्ट्सले २र२ गोलको बराबरी गर्यो । बराबरीसँगै युभेन्ट्सले २८ खेलमा ५६ अंक जोडेको छ । युभेन्ट्स चौथो स्थानमा रहेको छ । टोरिनो २४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।