७ बैशाख २०७८, मंगलवार

ललितपुर मेयर कप महिला क्रिकेट : उद्घाटन खेलमा एपीएफ र प्रदेश–१ खेल्दै

आर्थिक सञ्जाल
२१ चैत्र २०७७, शनिबार ०८:२६

काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । कीर्तिपुर मैदानमा हुने उद्घाटन खेलमा एपीएफ क्लब र प्रदेश–१ खेल्दैछन् । खेल बिहान ९ बजे सुरु हुनेछ ।

त्यस्तै दोस्रो खेलमा आज सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर्स–११ दिउँसो १ बजे मूलपानी मैदानमा खेल्दैछन् । चैत २८ गतेसम्म हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।