७ बैशाख २०७८, मंगलवार

वैशाख ६ देखि अरुण भ्याली हाइड्रोपावरले ५०% हकप्रद खुला गर्ने

आर्थिक सञ्जाल
२० चैत्र २०७७, शुक्रबार ०९:४७

काठमाडौं ।आगामी वैशाख ६ गतेदेखिअरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले  ५०% हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । ५०% हकप्रद सेयरको लागि यसले चैत ९ गते बुक क्लोज गरेको छ । तसर्थ, चैत ८ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम मुक्तीनाथ क्यापिटलले गर्नेछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर, थापाथली, मुक्तिनाथ विकास बैंकको इटहरी, इलाम, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयरलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

हाल यसको चुक्ता पुँजी ९९ करोड ५७ लाख रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ५०५ हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद बिक्रीपछि अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।