
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १९ औं वार्षिक साधारण सभा आज शुक्रबार चैत २० गते बस्दैछ । सभा होटल मोनालिसा सौराहा, चितवनमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले २०% लाभांश दिने प्रस्ताव पेश गर्दैछ । यसले गत वर्षको नाफाबाट १५% बोनस सेयर र कर प्रयोजन सहित ५% नगद लाभांश दिन लागेको हो ।
डिप्रोक्सले हाल कायम १ अर्ब ५४ लाख ३३ हजार ५७४ रुपैयाँ चुक्ता पुँजीमा बोनस सेयर तथा नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित बोनस वितरणपछि यस लघुवित्तको चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१० रुपैयाँ पुग्नेछ ।
सभा प्रयोजनका लागि डिप्रोक्सले चैत १० गतेदेखि २० गतेसम्म बुक क्लोज गरेको छ । यसर्थ, चैत ९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न र सभामा सहभागी हुन पाउने छन् ।