७ बैशाख २०७८, मंगलवार

बिहीबार आठ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

आर्थिक सञ्जाल
१९ चैत्र २०७७, बिहीबार १८:०६

काठमाडौं । बिहीबार दोहोरो अंकले बढेको बजारमा आठ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यस दिन साञ्जेन जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले र अन्य सात कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो ।

साञ्जेन जलविद्युत कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३५ रुपैयाँले बढेर अन्तिम मूल्य ३८५ रुपैयाँ कायम भएको हो । यो दिन युनाइटेड फाइनान्सको ९ दशमलव ९५ प्रतिशत, किसान लघुवित्तको ९ दशमलव ९५ प्रतिशत, वोमी लघुवित्तको ९ दशमलव ९४ प्रतिशत, एनआईसी एशिया लघुवित्तको ९ दशमलव ९४ प्रतिशत, अजोड इन्स्योरेन्सको ९ दशमलव ९१ प्रतिशत, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ९ दशमलव ७८ प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशनको ९ दशमलव १६ प्रतिशतले शेयरमूल्य बढेको हो ।

युनाइटेड फाइनान्सको प्रतिकित्ता ३८ रुपैयाँले बढेर अन्तिम मूल्य ४२० रुपैयाँ, किसान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता १६८ रुपैयाँले बढेर अन्तिम मूल्य १ हजार ८५७ रुपैयाँ, वोमी लघुवित्तको प्रतिकित्ता १२४ रुपैयाँले बढेर अन्तिम मूल्य १ हजार ३७१ रुपैयाँ, एनआईसी एशिया लघुवित्तको प्रतिकित्ता ७९ रुपैयाँले बढेर अन्तिम मूल्य ८७४ रुपैयाँ, अजोड इन्स्योरेन्सको प्रतिकित्ता ९३ रुपैयाँले बढेर अन्तिम मूल्य १ हजार ३१ रुपैयाँ, श्री इन्भेष्टमेण्ट फाइनान्सको प्रतिकित्ता २२ ले बढेर अन्तिम मूल्य २४७ रुपैयाँ र साल्ट ट्रेडिङ कर्पोरेशनको प्रतिकित्ता १ हजार ११७ रुपैयाँले बढेर अन्तिम मूल्य १३ हजार ३१७ रुपैयाँ कायम भएको हो ।