७ बैशाख २०७८, मंगलवार

सगरमाथा आरोहणका लागि आज एकैदिन २६ जनाले लिए अनुमति

आर्थिक सञ्जाल
१९ चैत्र २०७७, बिहीबार १९:४३

काठमाडौं । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बिहीवार एकैदिन २६ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि आज तीन वटा टोलीका २६ जनाले अनुमति लिएका हुन् । यसमध्ये १९ जना पुरुष र सात जना महिला रहेका छन् ।

अहिलेसम्म ७२ जनाले सगरमाथा आरोहणको अनुमति लिएका विभागकी प्रवक्ता मीरा आचार्यले जानकारी दिनुभयो । वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि २० टोलीका एक सय ५१ जनाले अनुमति लिएका छन् ।अनुमति लिएका मध्ये एक सय चार जना पुरुष र ४७ जना महिला रहेका छन् र अनुमति बापत विभागले अहिलेसम्म १० करोड ५३ लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।