७ बैशाख २०७८, मंगलवार

नेपाल पत्रकार महासंघको चुनावमा केन्द्रमा १६५ उम्मेदवार

आर्थिक सञ्जाल
१८ चैत्र २०७७, बुधबार १४:५९

काठमाडौं । यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको चुनावमा १६५ जना विभिन्न पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाल पत्रकार महासंघको निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ३८ पदका लागि १६५ जनाले प्रतिस्पर्धा गर्न लागेका छन् । पहिलो पटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रणालीको फाइदा उठाउँदै एकै पदमा धेरै पत्रकारले उम्मेदवारी दिएका छन् ।

मुख्य राजनीतिक दलका भातृ संगठन वीच दुईवटा गठबन्धन भए पनि अध्यक्ष पदका लागि गजेन्द्रसिंह बुढाथोकी, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेल गरी चारजना उमेदवार रहेका छन् ।

यसअघि अध्यक्षमा मनोनयन गरेका दीपक पाठकले भने उम्मेदवारी फिर्ता लिएका छन् । पाठक सबै चुनावमा उम्मेद्वार दिने लक्ष्मण सिंह खड्का चरित्रका पत्रकार हुन।

यस्तै वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, रमेश विष्ट र रामजी दाहाल उम्मेदवार छन् । यसै पदमा उम्मेदवारी दर्ता गराएका ध्रुव लम्सालले भने फिर्ता लिएका छन् । दाहाल प्रेस यनियनका वागी उम्मेद्वार भएपनि मुख्य प्रतिस्पर्धी मानिन्छन् । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी, समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह रहेका छन् ।

महासचिवमा बालकृष्ण बस्नेत, रोसन पुरी र सुबोध गौतम प्रतिस्पर्धामा छन् । यसै पदमा उम्मेदवारी दिएका राजेश मिश्रले भने नाम फिर्ता लिएका छन् । महासचिवमा वस्नेत र पुरीको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

खुला सचिवमा ६ जना, महिला सचिवमा २ जना, आदिवासी जनाजाति सचिवमा ३ जना, सचिव ९मधेस०मा ४ जना, दलित सचिवमा ५ जना, एसोसिएट सचिव र कोषाध्यक्षमा ६/६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यस्तै, प्रदेशबाट चयन हुने २ जना केन्द्रीय सदस्यका लागि प्रदेश १ बाट ६ जना, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र प्रतिष्ठान प्रदेशबाट ७/७ जना, लुम्बिनी प्रदेशबाट १० जना र सुदूरपश्चिमबाट ५ जना उम्मेदवार छन् ।

उपत्यका प्रदेश सदस्यमा ८ जना, संस्थागत प्रदेश ९एशोसिएट०मा ५ जना, खुला सदस्यमा २७ जना, महिला सदस्य ९मधेसी०मा ३ जना, आदिवासी जनाजाति महिला सदस्यमा २ जना, खस(आर्य महिला सदस्यमा ६ जना, दलित महिला सदस्यमा ३ जना, दुईजना आदिवासी जनजाति सदस्य (एक महिला अनिवार्य)का लागि ६ जना, दुईजना दलित सदस्य (एक महिला अनिवार्य)का लागि ( जना, दुईजना मधेशी सदस्य (एक महिला अनिवार्य)का लागि ७ जना, अपाङ्गता सदस्यका लागि ४ जना, अल्पसंख्यक सदस्यका लागि २ जना प्रतिस्पर्धामा छन् ।

लेखा समिति संयोजक, खुला सदस्य र महिला सदस्यका लागि ३/३ जनाले उम्मेदवारी दिएका छन्