७ बैशाख २०७८, मंगलवार

एकैसाथ मेरो माइक्रोफाइनान्सको ९ शाखा विस्तार

आर्थिक सञ्जाल
१६ चैत्र २०७७, सोमबार १४:०३

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैसाथ ९ नयाँ शाखा बिस्तार गरेको छ। ग्रामीण क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने उद्देश्यले शाखा बिस्तार गरेको संस्थाले जनाएको छ ।

यस शाखा बिस्तारसँगै अब देशभर ६१ जिल्लामा १३० वटा शाखा कार्यालय विस्तार गरी वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।

उक्त नयाँ शाखा कार्यालयहरुको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले गरेका हुन् । नयाँ शाखा कार्यालय शाखा प्रदेश १ को डायनिया (मोरङ), हरिनगर (सुनसरी), खिजी फलांटे (ओखलढुंगा) प्रदेश २ को माधबनारायण (रौतहट), जावख (महोत्तरी) कबिलासी (सर्लाही), दहिपौडी (सिरहा), बिष्णुपुर (सप्तरी) प्रदेश ५ को बैकुण्ठपुर (रुपन्देही) मा विस्तार गरेको संस्थाले जनाएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले संस्थाले लघुबित्त सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा स्थानीयलाई सहयोग पुर्याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास व्यक्त गरे ।