७ बैशाख २०७८, मंगलवार

उद्योग वाणिज्य संघको साधारणसभा र निर्वाचन स्थगित प्रति गम्भीर ध्यानाकर्षण

आर्थिक सञ्जाल
१० चैत्र २०७७, मंगलवार २२:१५

मकवानपुर  । मकवानपुर उधोग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका राजकुमार न्यौपानेले संघको साधारणसभा र निर्वाचन स्थगित गरेको प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ ।

आज मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै साधारणसभा र निर्वाचनको मिति तोकिएर तयारी अघि बढिरहेको अवस्थामा एकलौटि हिसाबले साधारणसभा र निर्वाचन स्थगित गर्नु असोभनिय भएको बताउनुभयो । उहाँले व्यवसायी तथा सरोकारवालाहरुसङ परामर्शनै नगरी कार्यकाल सकिएको समितिले एकलौटी निर्णय गरेको दाबी गर्नु भयो ।

विधान अनुसार कार्यकाल समाप्त भैसकेको समितिले गरेको निर्णय मान्य नहुने अध्यक्ष पदका उम्मेदवार न्यौपानेले बताउनुभयो । साधारणसभा र निर्वाचन आउन १० दिन बाकी रहदा कोभिडको जोखिम देखाउदै साधारणसभा र निर्वाचन स्थगित गर्नु सुनियोजित योजना रहेको बताउनुभयो ।

न्यौपानेले निर्वाचन नजिकिदै गर्दा आफ्नो टिम बलियो बन्दै गएको अनुभुती गरेर हार ब्यहिर्नुपर्ने त्रासका कारण एकलौटि शैलीमा निर्वाचन स्थगित गरेको आरोप लगाउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालयले समेत निर्वाचन स्थगित गर्न कुनै निर्देशन नदिएको अवस्थामै एकलौटी निर्णय गरेर निर्वाचन स्थगित गर्नु सुनियोजित योजना भएको अध्यक्ष पदका उम्मेदवार न्यौपानेले दाबी गर्नुभयो ।

उद्योग बाणिज्य संघ मकवानपुरको ५४ औ वार्षिक साधारणसभा चैत्र २१ ,२२ गते र निर्वाचन २३ गते हुने भनिएको थियो ।मकवानपुर उधोग वाणिज्य संघले आज साझ एक सुचना जारी गर्दै साधारणसभा र निर्वाचन स्थगित गरेको थियो ।