७ बैशाख २०७८, मंगलवार

महिला सहयात्रा र सिर्जना फाइनान्सको बोनस सेयरमा मूल्य समायोजन

आर्थिक सञ्जाल
१ चैत्र २०७७, आईतवार ११:३५

काठमाडौं । महिला सहयात्रा लघुवित्त र सिर्जना फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । जसमा नेप्सले महिला सहयात्राको १०% बोनस सेयरपछिको मूल्य ११ सय ४५ रुपैयाँ तोकेको छ । आइतबार यसकोे यहि मूल्यमा कारोबार खुला हुनेछ लाभांश प्रस्ताव पारित गर्न कम्पनीले चैत १८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५३% नगद लाभांश वितरण गर्दैछ ।

यता, नेप्सेले सबैको लघुवित्तको १३.५९% बोनस सेयरपछिको मूल्य १८५ रुपैयाँ तोकेको छ । आइतबार यसकोे यहि मूल्यमा कारोबार खुला हुनेछ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले चैत १४ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत वर्षको नाफाबाट १३.५९% बोनस सेयर र कर तिर्न ०.६८% नगद लाभांश वितरण गर्दैछ ।