७ बैशाख २०७८, मंगलवार

मञ्जुश्री फाइनान्सको बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा

आर्थिक सञ्जाल
२५ फाल्गुन २०७७, मंगलवार १३:२७

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले १८ प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।

कम्पनीले गत फागुन २९ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।

गत पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा हितग्राही खातामा शेयर जम्मा गरिदिएको जानकारी दिंदै कम्पनीले हालसम्म शेयर अभौतिकीकरण नगराएकाहरुलाई यथासिघ्र गराई आफ्नो लाभांश सुरक्षित गर्न कम्पनीले आग्रह गरेको छ ।

पुस १४ गतेसम्म शेयर धितोत्र बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई हितग्राही खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।